४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लक्ष्मणघाटमा पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै



थानेश्वर अधिकारी, कपिलवस्तु ।
लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि यही कात्तिक २६ देखी २८ गते सम्म लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम लक्ष्मणघाटमा हुने भएको छ । १०० औं बर्ष अगाडी संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान, रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले जानकारी दिनु भएको छ । सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष रनबहादुर काउचाको संयोजकत्वमा ५१ सदस्यीय मेला मुल आयोजक समिति तथा विभिन्न बिषयगत समिति निर्माण गरिएको थियो । सो समितिमा संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपानेको संयोजकत्वमा स्टल व्यवस्थापन उप समिति, सल्लाहकार बाबुराम बस्नेतको संयोजकत्वमा स्वयंसेवक तथा पार्किङ व्यवस्थापन उप समिति, सदस्य अन्जित खनालको संयोजकत्वमा स्पोन्सर व्यवस्थापन उप समिति, सदस्य भोजराज बञ्जाडेको संयोजकत्वमा प्रचार प्रसार उप समिति, सदस्य बिरेन्द्र रेग्मीको संयोजकत्वमा छपाइ उप समिति, सह सचिव सरिता थारुको संयोजकत्वमा अतिथि सत्कार उप समिति, सदस्य सीता थारुको संयोजकत्वमा झुमरा नाच व्यवस्थापन उप समिति, वडाध्यक्ष सुकदेव थारुको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन उप समिति गठन गरिएको छ ।
प्रत्येक बर्ष र्पुिर्णमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको समाजसेवी तथा संस्थाका सल्लाहकार तेजेन्द्र बहादुर पाण्डेयले जानकारी दिनुभएको छ । अहिलेको सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कृिष, खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिएको थियो । साथै यस बर्ष देखी सो मेलामा पिङ,मोतका कुवा,झुला, मिक्की म्याक र वाल उद्यान समेत राखिएकाले दर्शकहरुको उपस्थिती बढ्ने संस्थाका उपाध्यक्ष ओम प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।
सो कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार शिरिष देवकोटा, उमादेवी खनाल, जिवन परियार, पुरुषोत्तम गैरे, दिनेश रञ्जन, श्रीनिवास चौधरी, पुर्णचन्द्र परियार, दिपक भण्डारी, शिव खनाल, शारदा खनाल, ,बर्षा लम्साल, बिमल गैरे मोडल सुमन पौडेल, कपिलवस्तु डान्स आइडल अजय थारु, स्नेहा थापा र नेपालकै कान्छा जादुगर गणेश के.सी लगायतको प्रस्तुती रहने साँस्कृतिक समिति सदस्य अंजित खनालले जानकारी दिनुभएको छ । ३ दिन सम्म सञ्चालन हुने सो मेलामा करिव २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाका सह संयोजक तेजबहादुर थापाले जानकारी दिनुभएको छ । सो मेला तथा साँस्कतिक कार्यक्रमलाई प्रभावकारी रुपमा सफल गर्न बिभिन्न संघ संस्था निकायले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ५ : २२ बजे