५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इन्सेकले कपिलवस्तुका दुई स्थानिय तहमा इ.एल.पी परियोजना संचालन गर्ने 



थानेश्वर अधिकारी, कपिलवस्तु । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आर्थिक सामाजिक साँस्कृतिक र आवासको अधिकार सम्वन्धी परियोजना शुभारम्भ गरेको छ । परियोजना अन्तरगत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इ एल पी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन गरिएको हो ।

कार्यक्रममा नेपालको संविधान ०७२ ले ब्यवस्था गरेको मौलिक हक अन्र्तगतका शिक्षा ,स्वास्थ्य ,खाद्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेक सगं सहकार्य गरेर अगाडी बढने बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै वडा न २ का वडा अध्यक्ष भेषराज खनालले इन्सेकको पहलमा नगरपालिकामा मानवअधिकारका विषय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्न लागेकोमा धन्यवाद दिदै वडा कार्यालयले मानवअधिकारका कदममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यस्तै वडा न ६ का वडा अध्यक्ष नन्दलाल यादवले अधिकार विहीनहरुको आवाज उठानका लागी मानवअधिकार समुह गठन गरेकोमा धन्यवाद दिदै निश्पक्ष भएर काम गर्न सुझाव दिनु भयो । यस्तै स्वास्थ्य शाखा प्रतिनिधि गोकर्ण अर्याल, कृषि शाखा प्रतिनिधि देविराम बेलवासे, महिला तथा बालबालिका शाखाकी द्धगौरा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष चुरामणी पोखरेल, जिल्ला स्थित मानव अधिकार निगरानी समुह सदस्य कस्तुरा सिक्देल, लगाएतले परियोजना कार्यन्वयन  र मानवअधिकार समुहको सफलताको शुभकामना दिनुभयो ।

परिचायत्मक बैठक तथा मानव अधिकार समुह गठन बैठकले बुद्धभुमि क्यापसका क्यापस प्रमुख कृष्ण खनाल अध्यक्ष रहेको १३ सदस्य मानव अधिकार समुह बुद्धभुमि पनि गठन गरेको छ ।

यसैगरी बाणगंगा नगरपालिकामा पनि सो कार्यक्रम संचालन गरिएको छ कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टराइले इन्सेक मानव अधिकारका क्षेत्रमा कृयाशिल अग्रणी संस्था रहेकाले यसले देश भरि मानव अधिकार संरक्षणमा पहल गरेकाले बाणगंगा नगरपालिकामा पनि सो कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा वार्ड नं ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वार्ड नं का वडाध्यक्ष धुब्र बेल्वासे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष डोलक पछाई, मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमबाट मानाव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नगर स्तरीय मानव अधिकार समुह गठन गरिएको छ । समुहको उपाध्यक्ष इन्दिरा भट्टराई, सचिवमा चेतना अधिकारी, कोषाध्यक्षमा थानेश्वर अधिकारी, सह सचिवमा दिनेश चौधरी र बाँकी सदस्यमा रहनु भएको छ । कार्यक्रम मानव अधिकार एलाइन्सकी केन्द्रिय सदस्य सुर्य कुमारी शाहीको अध्यक्षता, इन्सेक प्रतिनिधि पार्वती आचार्यको स्वागत र इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ७ : १३ बजे