२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित



काठमाडौं ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। सोमबार ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी उपस्थित हुन सकेनन्। बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन्। अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो। त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु दोस्रो पटक समितिको बैठकमा उपस्थित भएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  १२ : २३ बजे