५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१ सय ८३ विगाहा क्षेत्रफलमा एक अरबको मधुवनधाम गुरुयोजना तयार, यस्ता छन् विशेषता



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा नं. ८ मा अवस्थित शान्तिकुन्ज मधुवनधामको गूरुयोजना तयार भएको छ । १८३ बिगाहा जग्गामा फैलिएको नदि तटिय क्षेत्रमा धार्मिक बनको रुपमा २०६८ सालमा दर्ता भएको यस क्षेत्रलाई बाणगंगा नगरपालिका तथा वडा नं ८ को बिशेष पहल र सहयोगमा गूरुयोजना तयार गरिएको हो । गूरुयोजनाको कार्यन्वयन पछि मधुबनधाम अध्यात्म, पर्याबरण संरक्षण, बनस्पति अध्ययन,विपश्यना ध्यान केन्द्र जस्ता बिषयमा प्रदेश स्तरकै नमुना गन्तब्य स्थल बन्ने विश्वास गरिएको छ ।

गूरुगोजना भित्र करिव १० बिगाहा क्षेत्रमा बिशेष फलफुलको बगैचा, २० विगाहा क्षेत्रमा बनस्तपति उद्यान, करिव ४० बिगाहा क्षेत्रमा १००० क्षमताको गौशााला निर्माण तथा चरन क्षेत्र बिकास गरिने छ । लुम्बिनी क्षेत्रबुद्ध सर्किटमा पर्ने यस स्थानमा नेपालकै ठुलो बिपश्यना ध्यान केन्द्र निर्माण पनि गूरुयोजना भित्र समेटिएको छ । यसको अतिरिक्त श्रृङ्गि ऋषिको शालिक, शिव मन्दिर, बिष्णु पादुका, पवित्र स्नानघाट, सुन्दर बगैचाहरु, बिशेष मौन साधना क्षेत्र, जलाशय निर्माण तथा नौका बिहारको लागि पनि योजना अगाढि सारिएको छ ।

यो योजना दीर्घकालीन योजना भएका तथा प्रारम्भिक लागत अनूमान करिव १ अरब रहेकाले सम्पन्न हुन करिब १० वर्ष लाग्ने कुरा वडाध्यक्ष गुणनीधि भसालले बताउनु भएको छ । वडाकार्यलयको समन्वय बन तथा वातावरण मन्त्रालयको सहयोगमा फलफुल उद्यानको लागि काम सूरु गरि सकिएको छ । त्यस्तै नेपाली सेनाको बिशेष पहलमा बनस्पति उद्यान निर्माणको कार्य पनि अगाडि बढि सकेको छ ।

बिपश्यना ध्यान केन्द्र निर्माणको लागि यस क्षेत्रका बिपश्यना साधकहरुको बिशेष पहलभैरहेकोे कुरा योजना निर्माण संयोजक कृष्ण पौडेलले बताउनु भएको छ । गौशाला निर्माणका लागि कपिलबस्तुका सबै स्थानिय तह तथा प्रदेश सरकारको समेत सहयोग रहने प्रतिबद्धताका आधारमा योजनाको बिश्त्रित खाका तयार गरिएको कुरा वडाध्यक्षले जनाउनु भयो । लामो समयको प्रयाश र अनूभव पछिमात्र मधुबनधामको गन्तब्य स्पष्ट पार्न सकिएकोमा धामका अध्यक्ष चुरामणी अर्यालले सन्तोष ब्यक्त गर्नु भयो ।

तत्कालीन प्रभाव र प्रचार भन्दा पनि दिर्घकालीन प्रभाव पार्ने यस्ता योजनाहरुकोे बिकास र कार्यन्वयनमा जोड दिदा साँचो अर्थमा समृद्धिको आधार तयार हुने, नगरको तर्फबाट यस्ता योजनाहरुलाई प्राथमिकतामा राखिने भन्दै नगरका महत्वपुर्ण स्थलहरुको बिकास क्रमशः यसरी नै स्पष्ट गूरुयोजना निर्माण गरी कार्यन्वयन गरिने कुरा नगरका प्रमुख मंगल प्रसाद थारुले जनाउनु भएको छ ।

गूरुयोजना नगरको लगानीमा नै तयार गरिएकोले यसको कार्यन्वयनको अभिभारा पनि नगरमा नै रहेको तर जनताको अर्थपुर्ण सहभागिता अनिबार्य भएको कुरा नगरका उपप्रमुख चक्र अर्यालले बताउनु भएको छ । मधुबन धामको अतिरिक्त अन्य क्षेत्रमा पनि दीर्घकालीन योजनाका आधारशीला तयार गरिने छ । यसै क्रममा वडा भित्रको मायादेवी रंगशालाको पनि डि.पि.आर. तयार भईरहेको वडाअध्यक्ष भुसालले बताउनु भयो । उहाँको अनुसार यो योजना प्रदेशकै गौरवको योजना बन्ने बताइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ६ : ४९ बजे