५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आरन संरक्षणमा जुट्यो वाणगंगा वडा नम्बर २



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ आरन संरक्षणमा जुटेको छ । विश्वकर्मा समुदायले परापूर्वकालदेखीनै गर्दै आएको आरन ब्यवसायको संरक्षणमा वडा कार्यलय जुटेको हो । पछिल्लो समय लोपको संघारमा पुगेको आरन ब्यवसायको संरक्षण र प्रर्बद्धन गर्दै आर्थिक रुपमा स्थानियको जिविकोपार्जनमा टेवा पुर्याउन आरन ब्यवसायको संरक्षणमा जुटेको वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले बताउनुभयो । वडा नम्बर २ मा ब्यवसायिक रुपले ८ जनाले आरन ब्यवसाय गर्दै आएको र ४ जनालाई गत वर्षनै आरन सम्बन्धी सामाग्री वितरण गरिएको वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलले बताउनुभएको छ । उहाले गत वर्ष छुटेका ४ जनालाई यस वर्ष उक्त सामाग्री वितरण गरिएको बताउनुभयो । वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका कार्यक्रम ल्याएको पनि उहाले बताउनुभयो । बुधबार एक कार्यक्रमका बिच सोही ब्यवसाय गर्दै आएका ४ जनालाई आरनजन्य सामाग्री वितरण गरिएको छ । वडा कार्यलयमा एक कार्यक्रमका बिच शोब बहादुर विक, तुल बहादुर विक, हुम बहादुर विक र धर्मराज विकलार्ई पंखा, घन, ग्रेण्डर मेसिन लगाएतका सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण गर्दै वडा अध्यक्ष विष्णु पौडेलले विश्वकर्मा समुदायले गर्दै आएको यस पुरानो पेशालाई नया ढङगबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । आरन पेशालाई राज्यले पनि अपनत्व दिनुपर्ने भन्दै यसको संरक्षणका लागि आफुहरुले सो सामाग्री वितरण गरिएको बताउनुभयो । आरनजन्य सामाग्री पाएपछि स्थानिय खुसी भएका छन् । वडा कार्यलयले आफ्नो पेशाको संरक्षणका लागि गरेको कार्य स्रहानिय रहेको भन्दै प्राप्त गरेका सामाग्रीको सही ढंगले सदुपयोग गर्ने स्थानिय तुल बहादुर विकले बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा वडा सचिव नरेन्द्र प्रसाद पाख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ३ : १३ बजे