५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

धुमपानसहित सम्पूर्ण सुर्तिजन्य पदार्थ त्याग्ने वडाध्यक्ष रामविहारी चौधरीको घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राम विहारी चौधरीले अब देखि धुम्रपान त्याग्ने प्रतिवद्धता जनाउनु भएको छ । धुममान स्वास्थ्यको लागि निकै हानीकारक भएकाले विहीबारबाट आफूले धुमपानसहित सम्पूर्ण सुर्तिजन्य पदार्थ त्याग्ने घोषणा गर्नु भएको हो ।
नगरपालिकामा विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य शाखाले आयोजना गरेको स्थानीय तहमा नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा चौधरीले भन्नुभयो, “हामी समाजका अगुवा हौँ । हामीले नै गलत काम गरे समाजको नयाँ पुस्ताले त्यही सिक्छ । त्यसकारण समाजमा नयाँ सन्देश दिन आजको दिनदेखि म कुनै पनि सुर्तिजन्य पदार्थ र चुरोट सेवन गर्दिनँ । अरुलाई पनि धुमपान र मध्यपान नगर्न सल्लाह दिन्छु ।”
चुरोट छोड्नु आफ्नो लागि चुनौति भए पनि अभिमुखीकरण कार्यक्रममा प्रस्तुत भएका सामग्रीले आफूलाई धुमपान त्याग्न प्रेरणा प्रदान गरेको बताउँदै यसको पालना पनि गरिछाड्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ८ : २४ बजे