९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

राष्ट्रपतिद्धारा बंगलादेशी समकक्षीलाई बिदाई



काठमाडौं ।

चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरेकी हुन्। उनी मंगलबार चार दिने भ्रमणमा नेपाल आएका थिए। मंगलबार काठमाडौं उत्रेका राष्ट्रपति हमिदले त्यही दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए। राष्ट्रपति हमिद बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहे। यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। उनले पोखरा र आसपासको दृश्यावलोकन गरेका थिए।
पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलालाई राष्ट्रपति हमिद चाखका साथ अवलोकन गरे। आज उनको काठमाडौंको चन्द्रागिरी भ्रमण गर्ने कार्यक्रम रहेता पनि स्वास्थ्यमा समस्यमा आएपछि उनको भ्रमण रद्द भयो।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ५ : ०१ बजे