५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वडा नम्बर ७ द्धारा दुई सय बढी जेष्ठ नागरिकलाई सम्मान



दीपा महत, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाबासीको लागि पहिलेदेखि नै फरक कार्यक्रम गर्दै आएको वडाले यस पटक जेष्ठ नागरिकको सम्मान स्वरुप वडाका जेष्ठ नागरिकलाई पोषिलो खाद्यपद्धार्थ च्वनप्राश वितरण गरेको हो ।
वडा भित्र रहेका ७० वर्ष नागेका २ सय बढी जेष्ठ नागरिकलाई शुक्रबार एक कार्यक्रमका बीच च्वनप्राश वितरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु गिरिले वडामा रहनुभएका जेष्ठ नागरिकको सम्मान स्वरुप च्वनप्राश वितरण गरिएको भन्दै आर्थिक वर्ष २०७८ मा जेष्ठ नागरिकको लागि विशेष किसिमको कार्यक्रम ल्याउने बताउनुभयो ।
चुनावको बेला आफुले जनतामाझ गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने भन्दै तिनै प्रतिवद्धता पूरा गर्न तर्फ आफू केन्द्रित भएको बताउनुभयो । वडाले सुत्केरी महिला, युवा, बालबालिकाको लागि नमूना कार्य गर्दै आएको भन्दै जेष्ठ नागरिकको सम्मानको लागि अहिले कार्यक्रम गरेको बताउनुभयो ।
वडालाई प्रदेशकै नमूना बनाउने गरी खटिएको भन्दै आफ्नो यस अभियानमा साथ दिन सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नुभएको छ । पोषिलो खाद्यपद्धार्थ च्वनप्राश पाएपछि वडाका जेष्ठ नागरिक खुसी भएका छन् ।
च्वनप्राश पाएपछि जेष्ठ नागरिक टोपकला खनालले आफुहरुका लागि वडाले गरेको काम राम्रो भएको भन्दै अन्य दिनमा पनि यस्ता कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रम वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता, वडा सदस्य सावित्रा थारुको स्वागत र सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका सल्लाहकार आत्मराम आचार्य, वरिष्ठ समाजसेवी नेत्र गिरी लगाएतको उपस्थिती रहेको थियो । वडाले एक घर, एक कागतीको रुख, सुत्केरी महिलाको लागि घ्यू, लोकल कुखुरा, अण्डा वितरण जस्ता नमूना कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : ४६ बजे