१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बालश्रम मुक्त ईटा उद्योगलाई २ लाख ५० हजार बराबरको चेक हस्तान्तरण


७ मंसिर २०७६ शनिबार ००:००  

0
Shares

गिता अर्याल, वाणगंगा ।
घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले कपिलवस्तु र रुपन्देहीका ५ ईटा उद्योगलाई बालश्रम मुक्त बनाएको भन्दै चेक हस्तान्तरण गरेको छ । वाणगंगा ८ बोर्डगाऊ स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा वालश्रम मुक्त गरेर बालमैत्री ईटा उद्योग संचालन गर्न सफल भएको भन्दै उद्योगहरुलाई चेक हस्तान्तरण गरेको हो । पूर्व नवलपुर, रुपन्देही र कपिलवस्तुमा संचालित ईटा उद्योगहरु मध्ये बालश्रम मुक्त उद्योगको रुपमा स्थापित ५ वटा उद्योगलाई चेक हस्तान्तरण गरिएको हो । संस्थाले काम गरिरहेका उद्योगहरुमा प्रविधिक सुधारका लागि बेटर ब्रिक नेपाल परियोजना अन्तरगत २ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।
यसरी रकम पाउनेमा रुपन्देहीको सोना इट्टा उद्योग, कपिलवस्तुका एन एस एस ईट्टा उद्योग वौद्ध ईट्टा उद्योग, सम्बृद्धि ईट्टा उद्योग र लक्की ईट्टा उद्योग रहेका छन् । बालबालिकाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै ती उद्योगलाई प्राविधिक सुधारका लागि २ लाख ५० हजार बराबरको सहयोग प्रदान गरेको संस्थाकी अध्यक्ष थानकला पौडेलले बताउनुभयो । उहाँले उद्योगहरुले बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरित श्रम मान्य नहुने, पारिश्रमिक तथा कार्य घण्टाको उचित व्यवस्थापन, कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको उचित व्यवस्थापन जस्ता मापदण्ड पुरा गरेर बालमैत्री उद्योगको रुपमा पहिचान बनाएको समेत बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले बाल अधिकार सुनिश्चितका लागि सवै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । प्रमुख अतिथी समेत रहनुभएका श्रीवास्तवले बाल अधिकार सुनिश्चितका लागि स्थानीय सरकारले नियम कानुन बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औल्याउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधि भुसालले अधिकारका कुरा गर्दा अझैै पनि कतिपय बालबालिका आफनो अधिकारबाट बञ्चित भएको बताउनु भएको छ । उहाँले राज्यले दिएको अधिकार सबैलाई उतिकै मात्रामा समान रुपले लागु हुनुपर्ने बताउदै बालश्रम मुक्त गर्न सफल उद्योगहरुलाई धन्यवाद समेत दिनुभएको छ । कार्यक्रममा बुद्धभुमि नगरपालिका अधिकृत राजन पोख्रेल, ईट्टा व्यवसायिक महासंघका महासचिव रुक वहादुर भुषाल, समृद्धि ईट्टा उद्योगकका संचालक डम्मर शर्मा, कालिका स्वालम्वन सामाजिक संस्थाका रामेन्द्र रावल लगायतले कार्यक्रममा बोल्दै बालबालिकाको क्षेत्रमा तीन वटै तहका सरकार सम्वेदनशिल हुनुपर्ने बताएका थिए । संस्थाका प्रतिनिधी कमल चौधरीले परियोजनाको जानकारी दिदै सन् २०१४ देखि २०१९ सम्म संस्थाले गरेका गतिविधी र उपलब्धीहरुको बारेमा बताउनु भएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णु प्रसाद न्यौपानेको स्वागत तथा संञ्जुल केसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव बेल्लवासे, इट्टा उद्योगीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७६ शनिबार ००:००  ९ : ५१ बजे