७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गरिब विपन्नको साथमा तीन तहकै सरकार : साँसद विष्णु पन्थी


८ मंसिर २०७६ आइतबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।

प्रदेश साँसद विष्णु पन्थीले तीनै तहका सरकारले गरिब विपन्नको जीवन परिवर्तन ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । उहाँले संघ, प्रदेश र स्थानीय सरकारले जनताको जीवन स्तरमा परिवर्तन ल्याउने गरी निति र नयाँ कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभएको छ । वाणगंगा नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने अभियानको आइतबार वडा नम्बर ५ कोपवामा शुभारम्भ गर्दै प्रदेश साँसद पन्थीले नगरका सवै वडामा कार्यक्रम पुग्ने बतानुभएको छ । उहाँले प्रदेश सरकारले पनि वाणगंगा, कपिलवस्त नगरपालिका लगाएतका स्थानीय तहमा जनता आवास कार्यक्रम मार्फत पनि गरिब विपन्न दलित समुदायको घर बनाउने अभियान शुरु गरेको जानकारी दिनुभएको छ ।
साँसद पन्थीले नगरको सुन्दर योजनाले मात्रै सम्बृद्ध बाणगंगा बन्ने बताउदै प्रत्येक नागरिकको तहबाट यसलाई आत्मसाथ गरेर लैजानुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचना बनाउदा सडक मिचेर बनाउने प्रबृति अन्त्य नहुँदा सम्म सुन्दर र व्यवस्थित नगर बनाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विकासको पहिलो शर्त सडक संजाल भएकाले घर लगाएतका भौतिक संरचना बनाउदा बाटो छाडेर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकारले गरिवमुखी कार्यक्रम र निती ल्याएको भन्दै विकासले अब गति लिने जिकिर गर्नुभयो । कार्यक्रममा वाणगंगाका नगरप्रमुख मंगल प्रसाद थारुले खरमुक्त नगर बनाउने कार्यक्रम नगरपालिकाले संचालन गरेको बताउनुभएको छ । नगरप्रमुख चौधरीले नगरलाई विभिन्न क्षेत्रबाट नमुना बनाउने बताउनुभयो ।
कार्यक्रममा जिसस उपप्रमुख तारावती चौधरीले वडाले गरिब विपन्नको घरमा टिन लगाईदिने कार्यको प्रशंसा गर्दै सवै घरहरु समेटर जानुपर्ने बताउनुभयो ।
उपप्रमुख चक्रपाणी अर्यालले भौतिक विकास संगसंगै सामाजिक आर्थिक विकासको सूचकमा नगरपालिकाले उल्लेखनीय उपलब्धी हासिल गर्ने बताउनुभयो । यसवर्ष वडा नं. ५, ७ र ९ ले खरका छाना हटाउने कार्यक्रम समावेश गरेका छन् । आउदो वर्ष सम्म सवै वडामा कार्यक्रम समावेश गरी नगरलाई फुसको छाना मुक्त नगर बनाउने नगरले लक्ष्य लिएको छ ।
वडा अध्यक्ष भिष्मराज भुसालले खरको छाना मुक्त गराउन भएको छ खडा, हामी गरिबका लागि ५ नं. वडा भन्ने नाराका साथ ४० वटा फुसका छाना हटाउने अभियानको शुभारम्भ आफनो वडाबाट शुरु गरेको बताउनुभयो । उहाँले वडाको ५ लाख बजेटबाट खरको छाना हटाउने अभियान संचालन गरिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा वडा अध्यक्ष भिष्मराज भुसालले स्थानीय राम बहादुर गन्धर्वलाई वडाको सूचना संचार र विकासका गतिविधीलाई मिडियामा पु¥याउन सहयोग पुगोस भन्दै मोवाइल सेट प्रदान गर्नुभएको छ ।
कार्यक्रम वडा सचिव दिपक पाण्डेको संचालन, समाजसेवी सन्तोष घिमिरेको स्वागत तथा उपभोक्ता समितिका अध्यक्ष भरत कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै स्थानीय बसन्ती यादवको घरमा खरको छाना हटाई टिनको छाना लगाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  १० : ५२ बजे