८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माइक्रो बस दुर्घटना हुदा दैलेखमा तीनजनाको मृत्यु, सात घाइते



दैलेख ।
गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए। घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ जाँदै गरेको दैलेखका प्रहरी प्रमुख वलीले बताए। गाडी सडकवाट करिब ५०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १ : २९ बजे