३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सडक अलपत्र पार्ने ठेकेदारको ‘शंख’ फुकेर विरोध



दोलखा ।
दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन्। गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर- २५ किमी र मुडे-चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले शनिबार शंख फुकेर ध्यानाकर्षण गराएका हुन्।

यो सडक निर्माणको जिम्मा दीपक सापकोटाले लिए पनि कालोपत्रे गर्ने काम सकेका छैनन्।
उनीहरूले यसअघि मानव साङ्लो बनाएर सिठ्ठी जुलुस र ठेकेदार सापकोटाको फोटो टाँसेर पनि विरोध गरेका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ३ : ०७ बजे