२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

संघीयता धरमरायोः सांसद कमाल



मायादेवी अनलाइन, तौलिहवा ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलमानले मुलुकमा संघीयता धरमराएको बताएका छन् । जसको नेतृत्वमा सरकार छ उसैले हालीमुहाली गर्ने गरिएकाले बेथिति बढ्दै गए पछि संघीयता प्रति जनताको असन्तुष्टी बढ्दै गएको उनले बताए । दुषित राजनीति बढ्दै गएकाले अहिले वास्तविक काम गर्ने संस्थाहरु सरकारी नजरमा पर्न नसकेको उनले बताए ।
कपिलवस्तुको तौलिहवामा सम्पन्न नेपाल नेत्र ज्योति संघको १७ औं साधारण सभाको गमलामा पानी हालेर उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । ‘जसको नेतृत्वमा सरकार बनेको छ उसैले आफुले मनपरी बजेट कार्यक्रम बढेका छन्, त्यसैले यति राम्रा काम गर्ने नेत्र ज्योति जस्ता संस्थाले कुनै सहयोग पाएको छैन्’ उनले भने ।
निर्वाचित जन प्रतिनिधिहरुलाई समेत एकलौटी अधिकार दिईदा झन समस्या बढेको उनले बताए । उनले संस्थाले आफ्नो दीर्घकालीन योजना बनाई प्राथमिकिरण गर्नुपर्ने बताए । सो अवुसरमा भारतका लागि पूर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले पारदर्शीरुपमा परिणाम आउने किसिमले कार्य गर्नुपर्ने बताए । उनले डिपिआर तयार गरी जिल्ला समन्वय समितिसंग समन्वय गरी योजना बनाउनुपर्ने बताए ।
सो अवसरमा संघका सचिव मनोज कुमार श्रीवास्तवले गत बर्षको प्रगति प्रतिबेदन प्र्रस्तुत गरेका थिए । तौलिहवा आखाँ अस्पतालमा ओपिडी जाचमा २३ हजार १२७ जनाले सेवा लिएका छन । यस्तै २ सय ५० जनाको मोतिया बिन्दु अप्रशेन र २५ माईनर अप्रशेन, आखाँ शिबिरमा ४ हजार ५५०, बिरामीको जाँच, ५ सय ६८ को निःशुल्क आखाँको अप्रशेन, ८ हजार ५ सय बिद्यार्थीको निःशुल्क आखाँ जाच, ३ सय ३३ निःशुलक चस्मा बितरण गरिएको छ ।
यस्तै सो अवसरमा संघका कार्य समिति सदस्य राजेन्द्रमान श्रेष्ठले गत आर्थिक बर्षको २६ लाख २४ हजार ८२० रुपैयाको तथा चालु आर्थिक बर्षको १३ लाख ४१ हजारको अनुमानित आयब्यय प्रस्ुत गरेका थिए ।
सो अवसरमा संघका अध्यक्ष रमेश शर्माले अस्पतालमा कानको समेत उपचार हुने गरी कार्य अघि बढाईएको बताए । उनले अस्पतालको स्तरन्नती र फेको मेशीन ल्याउन समेत पहल गरिएको बताए । कार्यक्रम संघका अध्यक्ष शर्माको अध्यक्षता र मनोज श्रीवास्तवको संचालनमा भएको कार्यक्रममा वडा अध्यक्ष रामभजन कलवार, प्रकाश गैरे, संघका प्रदेश सदस्य राजेश उपाध्याय लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : १९ बजे