२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मायादेवीकर्मी बज्राचार्य सम्मानित



मायादेवी अनलाइन, तौलिहवा ।

मायादेवीकर्मी तथा कपिलवस्तुका वरिष्ठ पत्रकार किरणमान बज्राचार्य सम्मानित हुनुभएको छ । कपिलवस्तुको तौलिहवामा शनिबार सम्पन्न नेपाल नेत्र ज्योति संघको १७ औं साधारण सभामा बज्राचार्य सम्मानित हुनुभएको हो ।

जिल्ला सदरमुकाम तौलिहवामाबसी पत्रकारिता गर्दै आउनुभएका उहाँलाई कदरपत्र र दोसल्ला ओढाएर प्रतिनिधिसभा सदस्य अतहर कमाल र भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले सम्मान गर्नुभएको थियो । बज्राचार्य यसभन्दा पहिला पनि दर्जनौं पुरस्कारले सम्माति भैसक्नुभएको छ । उहाँ मायादेवी अनलाइनको सल्लाहकार सम्पादक हुनुहुन्छ ।

उक्त अवसरमा मायादेवीकर्मी बज्राचार्य सहीत १२ जनालाई सम्मानित गरिएको थियो । जग्गादाता पार्वती शर्मा, संस्थापक सदस्य हबीव अहमद खाँ, कृष्ण बहादुर चौधरी, वडा अध्यक्षहरु सुदीप पौडेल, रामभजन कलवार, प्रकाश गैरे, ओम प्रकाश पाण्डेय, शिव बहादुर वाग्ले, यशोधरा र मायादेबी गाउँपालिका, बाणगंगा नगरपालिका र फोटो पत्रकार महासंघलाई समेत सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : २५ बजे