६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नातिनी बलात्कार गर्ने वृद्ध पक्राउ



ओखलढुंगा ।

ओखलढुंगामा नातिनीलाई बलात्कार गर्ने ५८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले नातामा नातिनी पर्ने १५ वर्षीय बालिकालाई २३ हप्ताअघि बलात्कार गरेको खुलेको छ।  बालिकाको पेट फुल्दै गएपछि हजुरबुबाबाट बलात्कृत भएको रहस्य बाहिरिएको र बालिकाका आफन्तले जाहेरी दिए पछि बृद्धलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाले जनाएको छ। बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेसँगै घटना सार्वजानिक भएको हो।  सुस्त मनस्थितिकी ती बालिकाको पेटमा २३ हप्ताकी गर्भवती रहेको र कम उमेरकी भएकाले गर्भपतनका लागि प्रसुती गृह थापाथलीमा पठाईएको जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले जनाएको छ।  घरमा कोही नभएको मौका छोपी ती वृद्धले गत साउनमा बालिका बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय ओेखलढुंगाले जनाएको छ। बालिकालाई जिल्लास्थित एक सुरक्षित आवासगृहको संरक्षणमा राखिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७६ शनिबार ००:००  १२ : ३१ बजे