१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुमा नेकपा मसाल निकट सुकुम्बासी मोर्चा गठन



नवराज पौडेल, चन्द्रौटा ।
अखिल नेपाल सुकुम्बासी संघ को राष्ट्रिय भेला शनिबार कपिलवस्तु जिल्लाको भेलाइ मा सम्पन्न भएको छ । भेलाले सल्लाहाकार सहित १५ सदस्यीय अखिल नेपाल सुकुम्बासी सँघ केन्द्रीय समिति गठन गरेको छ । जसको अध्यक्षमा तुलसीराम सापकोटा, उपाध्यक्षमा उत्तम खरेल , महासचिवमा हनुमान चौधरी, कोषअध्यक्षमा डम्मर केसी रहनुभएको छ । यस्तै सदस्यहरुमा क्रमश तिलक परिवार, देवेन्द्र केवट, दल बहादुर घर्ति, हरी केसी, टेक बहादुर मल्ल, लाल बहादुर बुढा रहनुभएको छ । यस्तै सल्लकारमा प्रेम नारायण आचार्य, टंक प्रसाद शर्मा, शिव पौडेल, र दिल वहादुर बि.क. रहनु भएको छ । तुलसी सापकोटाको अध्यक्षतामा भएको भेलालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै रेग्मीले वर्षौं देखि स्थायी रुपमा बसोबास गर्दै आएको भूमिको लालपुर्जा दिलाउन सरकारलाई दबाब दिने उद्देश्येले राष्ट्रिय भेला आयोजना गरेको बताउँदै विभिन्न कारणले भूमिहीन भएका सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासीहरुको समस्या समाधान गर्नुपर्ने बताउनु भयो । यसैगरि गरिबी, बेरोजगारी, अशिक्षाको कारण प्रोलोभनमा पर्ने , र ठुला दलले झुक्काउँदै आएको र जबसम्म सचेत र संगठित भई आवाज बुलन्द गरिँदैन तब सम्म माग पूरा नहुने उहाँले बताउनुभयो ।
भेलामा फलफूल तथा तरकारी उत्पादन संघ बाट डम्मर केसी , जातिय समता समाजका केन्द्रीय अध्यक्ष दिल वहादुर बिक , राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदै, अखिल नेपाल किसान महासंघका केन्द्रीय सल्लाकर गणेश गौतम, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नर वहादुर घर्ति, अखिल छैठौं ५ न. प्रदेश सदस्य रेसब आचार्य, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य ज्ञान वहादुर चौधरी, लगायतले सम्बोधन गर्दै भेलाले सही नीति , कार्यक्रम बनाएर सुकुम्बासी समस्या समाधान गर्न गरेको पहललाई सहयोग गर्ने बताउनुभयो ।
कृष्ण केसीको सञ्चालन, शिव पौडेलका स्वागत मन्तव्य रहेको कार्यक्रममा तराईका १३ जिल्ला बाट सुकुम्बासी पार्टीका प्रतिनिधि उपस्थित भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६ आइतबार ००:००  ३ : ११ बजे