मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुकै पुरानो तथा ऐतिहासिक महोत्सव ११ औं कपिलवस्तु महोत्सवको चौथो दिन आइतबार हजारौ दर्शकले अवलोकन गरेका छन् ।
बुद्ध रंगशाला वाणगंगा जितपुरमा जारी ११ औ कपिलवस्तु महोत्सवमा कपिलवस्तुसहित छिमेकी जिल्लाका दर्शकले पनि महोत्सवको अवलोकन गरेका हुन् । महोत्सवमा आइतबार चर्चित गायक दुर्गेश थापा, प्रजापति पराजुली लगाएतको प्रस्तुती रहेको थियो ।
पछिल्लो समय दुर्गेश थापा निकै चर्चामा छन् । यसका साथै लोक तथा दोहोरी गायक प्रजापति पराजुलीको प्रस्तुती संगै दर्शक झुमेका थिए । आइतबार १० हजार दर्शकले महोत्सवको अवलोन गरेका छन् । यस्तै सोमबार चर्चित लोक तथा दोहरी गायक कुलेन्द्र विश्वकर्मा, प्रिती आले लगाएतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यस्तै डान्स आईडलबाट आइतबार एकै दिन ३ जना बाहिरिएका छन् । शनिबारको प्रस्तुती संगै दर्शकको भोटका आधारमा आइतबार ३ जना बाहिरिएका हुन् । आज ममता पुन, प्रशंसा पुन र उमा अर्याल बाहिरिएका हुन् ।
यस्तै आइतबारको प्रस्तुतीकोे आधारमा निशा खनाल बेस्ट ‘डान्स अफ दि डे’ बन्नु भएको छ भने आइतबारको प्रस्तुतीसंगै दर्शकको भोटका आधारमा सोमबार पनि बाहिरिने छन् । अब १० जना प्रतीस्पर्धी बीच कडा टक्कर हुने छ ।
यता महोत्सवको सचिवालयमा राखिएका विभिन्न डमी संगै भिजिट नेपाल २०२० को लोगोमा सेल्फी खिच्ने दर्शकको पनि भिड रहेको छ । महोत्सवकै आकर्षणको केन्द्रविन्दु मानिएको भिजिट नेपालको लोगोमा दर्शकको आकर्षण बढेको हो ।
त्यसैगरी जिल्लाकै पुरानो महोत्सव कपिलवस्तु महोत्सवमा राखिएका विभिन्न स्टलमा पनि दर्शकको भिड रहेको छ । महोत्सवमा राखिएका २ सय ६० बढी स्टलमा दर्शकले दैनिक उपभोग्य सामग्रीको किनमेल गर्ने गरेका छन् ।
विशेषगरी कपडा, अचार, भाडा लगाएतका स्टलमा दर्शकको भिड देख्न सकिन्छ । महोत्सवमा सर्पदंश सम्बन्धी जानकारी दिनको लागि सहायता कक्ष राखिएको छ । श्री नारायणदल गण कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेको सहयोगमा राखिएको उक्त कक्षमा दर्शकले सर्प दंश सम्बन्धी विभिन्न जानकारी गराईएको छ ।
२२ मंसिर २०७६ आइतबार ००:००
2
Shares






प्रतिक्रिया