३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ



सुर्खेत ।
प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए। ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ’, उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।’

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  १ : ४१ बजे