८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



हेटौंडा ।
बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–७ लाला भित्तिमा सोमबार राति मोटरसाइकल दुर्घटनामा भएको हो। झुरझुरेबाट फापरबारीतर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही वडाका २३ वर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०७६ मंगलबार ००:००  १ : १५ बजे