मायादेवी अनलाइन, कपिलवस्तु ।
आज लाग्ने खण्डग्रास सूर्य ग्रहण विश्वमै दुर्लभ ग्रहण भएको खगोलशाष्त्रीहरुले बताएका छन् । खग्रास सूर्यग्रहण र चन्द्र ग्रहणहरु पटकपटक देखिने भए पनि यो ग्रहण कुनै एउटा मानिसको जीवनकालमा फेरि नआउने उनीहरुले बताएका छन् । यो ग्रहण अब ३ सय ७५ वर्षपछि मात्र देखिने भएकाले यसलाई दुर्लभ ग्रहण भनिएको यस क्षेत्रका विशिष्ट विज्ञ संगत कुमार शर्माले बिबिसीसंगको कुराकानीमा आज विहान बताउनु भएको छ ।
यो ग्रहणलाई अहिले देखेका मानिसले अब आफ्नो जीवनकालमा कहिल्यै देख्न पाउँदैनन् उहाँले भन्नुभयो-यो रिङ आकारको र चुरा या बालाजस्तो आकारमा हुने भएकाले पनि दुर्लभ मानिएको हो । यसलाई नेपालबाट पूर्ण देख्न सकिन्न । उहाँका अनुसार यसलाई नेपालबाट करिब ४० प्रतिशत मात्र देख्न सकिन्छ । त्यो पनि सूर्यको आधा भाग कालो भएको अवस्थामा । यो चन्द्रमाभन्दा धेरै टाढा रहेकाले चन्द्रमाले परिक्रमा गर्दा आधाभाग नै अंध्यारो पारिदिने उहाँले बताउनु भएको छ । यसलाई युरोप तथा पश्चिमा मुलुकहरुबाट पूर्ण रुपमा देख्न सकिने जनाइएको छ । यसलाई खाली आँखाले हेर्न नहुने बताउनु भएको छ । उहाँले ग्रहणको बेला यो गर्नु हुन्छ र हुँदैन भन्ने कुरामा कुनै वैज्ञानिक कुरा नभए पनि सचेतता अपनाउन आग्रह गर्नुभयो ।






प्रतिक्रिया