१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आईजिपी खनालको चीन भ्रमण अस्वीकृत



काठमाडौँ ।

सरकारले प्रहरी महानरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ। गृहमन्त्रीयस्तरीय भ्रमणमा आईजिपी खनालको नाम पनि समावेश भएपनि सरकारले उनको नाम हटाएको हो ।
चीन सरकारको आग्रहपछि नेपाल प्रहरीले केही दिनअघि मात्र राजधानीका विभिन्न स्थानमा बसिरहेका एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो।
पर्यटक भिसामा नेपाल आएका उनीहरु अनलाइनमार्फत चीनमा ठगी गरिरहेको प्रहरीको दावी छ। सरकारले ‘धन्यवाद’ पाइरहेका बेला आईजीपि खनालको चिन भ्रमणलाई स्थगित गर्नु अर्थपूर्णरुपमा हेरिएको छ। आइजिपीले माघबाट अवकास पाउँदैछन्।
सयौँको संख्यामा नेपाल बसेर चीनमा धन्दा चलाइरहेका चिनियाँलाई पक्राउ गर्दा पर्याप्त सफलता प्राप्त नभएको स्वयं प्रहरी अधिकारी बताउँछन्। गिरोहका मुख्य मान्छेहरु भने उम्किन सफल भएको बताइन्छ।

प्रकाशित मिति : १० पुस २०७६ बिहिबार ००:००  १ : २६ बजे