२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

तमु ल्होसार (१५ पुस) का दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा



कास्की ।
गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्रि रामशरण बस्नेतले जानकारी दिए । तमु ल्होसारका अवसरमा गएको वर्ष पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ७ : २६ बजे