१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

प्रहरीलाइ घुस दिने महिला रकमसहित पक्राउ



बारा ।
प्रहरीलाई घुस दिने क्रममा जितपुरसिमरा उपमहानगरपालिकाबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ की अम्बिका खातुन रहेकी प्रहरीले जनाएको छ। भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको थियो। सोही सामान छुटाउन प्रहरीलाई २८ हजार रुपैयाँ घुुस दिने क्रममा खातुन शुक्रबार पक्राउ परेकी इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक गोविन्द पुरीले जानकारी दिए। पक्राउ परेकी खातुनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालय पठाइएको छ।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ८ : १४ बजे