५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हातहतियार तथा विस्फोटक पदार्थसहित तीनजना पक्राउ



काठमाडौं ।
ताप्लेजुङ र सुुनसरीबाट अवैध हातहतियार र विस्फोटक पदार्थसहित तीनजना पक्राउ परेका छन् । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्रबहादुर बस्नेत हातहतियार तथा विस्फोटक पदार्थ बनाउने सामान पक्राउ परेका हुन् ।
उनको घर खानतलासी गर्दा इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ इन्च लम्बाइको सेफ्टी फ्युज वायर, टाइम सेटिङ डिभाइस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका–८ सेरेचोकबाट ५ राउन्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको रिभल्बरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ काफलडाँडा बस्ने ४१ वर्षीया उमा भुजेल र झापा दमक नगरपालिका–२ बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा को३५प ६३३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई रिभल्बर फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  १ : ३५ बजे