५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भलवाडमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना , २ जना घाइते



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा आइतरबार भारतीय नम्बर पलेटको गाडी दुर्घटनामा परेको छ । वडा नम्बर ७ बनगाइदेखि भलवाडतर्फ गईरहेको डिएल १२ सि एन् ५५७१ नम्बरको बोलोरो जिप मध्यान्ह साढे १२ बजे कपिलधाम नजिकै पुलबाट कोइली खोलामा खसेको थियो । दुर्घटनामा जिपमा सवार बर्ष २१ का बिस्नु बि .क. र अन्दाजी बर्ष ४० का केशव वि.क. घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ । तिब्र गतिको कारण अनियन्त्रित हुँदा जीप पुलबाट खोलामा खसेको प्रत्यक्षदर्शाीले बताएका छन् । अहिले जिपलाई खोलाबाट निकाल्ने काम भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  २ : ५९ बजे