५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु वडा नं. १ द्धारा बृद्धबृद्धाहरुलाई न्यानो कम्वल वितरण



मायादेवी अनलाइन, तौलिहवा ।
चिसो बढेर जनजीवन प्रभावित बनिरहेको बेला कपिलवस्तु नगरपालिका वडा नं. १ ले बृद्धबृद्धालाई न्यायो कम्वल वितरण गरेको छ । वडाभित्रका ७५ बर्ष भन्दा माथिका १ सय १ जना बृद्धबृद्धालाई न्यानो कम्बल वितरण गरेको वडा अध्यक्ष सुदिप पौडेलले जानकारी दिनुभयो ।
वडाले चालु आवमा विनियोजित गरेको एक लाख बजेटबाट उक्त कम्बल वितरण गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । कठ्याङ्ग्रीदो चिसोसंगै न्यानो कम्बल पाएपछि बृद्धबृद्धा खुसी देखिएका थिए ।
कार्यक्रममा नगर प्रमुख किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य, वडा नं. २ का वडाध्यक्ष रामभजन कलवार, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो । कपिलवस्तु नगरपालिका वडा नं. १ ले बेला बेला रचनात्मक कार्य गरेर सामाजिक क्षेत्रमा राम्रो काम गरेको नगरबासी बताउँछन ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  ६ : ०४ बजे