५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बसमा स्कुटर ठोक्किँदा बैरियामा एक जना घाइते



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा आइतबार साँझ स्कुटर दुर्घटनामा परेको छ । टिभिएस स्वरुम अगाडी रोकिराखेको बसमा स्कुटर ठोक्किएको हो । रोकिराखेको लु १ ख ८४ ८१ नम्बरको बसमा लु ४१ प ९९३० यामहा स्कुटर ठक्कर खाएको थियो ।

स्कुटर अकस्मात ठोक्किएपछि स्कुटरको पछाडि सवार बाणगंगा ४ निवासी हेम बहादुर क्षेत्री घाइते भएका छन् । अन्दाजी ४० बर्षका चालकको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शी मायादेवीकर्मी बुद्धि सागर बेलबासेले बताउनुभयो । उहाँका अनुसार अगाडी गुडिरहेको बसले झुक्याएको कारण दुर्घटना भएको हो । स्कुटर चालक गशेण शाहको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  ६ : ०२ बजे