५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अर्घाखाँची शितगंगा युएई संपर्क समितिको अध्यक्षमा खनाल



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगाबाट रोजगारीको शिलसिलामा युएई पुगेका युवाहरु पछिल्लो समय संगठित भएका छन् । ‘हाम्रो शितगंगा, हामी शितगंगाबासी, हातमा हात काँधमा काँध मिलाई अघि बढौं साथि’ भन्ने मूल नारा सहित दुबईमा भएको शितगंगाबासी युवाहरुको भेलाले घनश्याम खनालको अध्यक्षतामा २५ सदस्यिय शितगंगा युएई संपर्क समिती गठन गरेको छ ।
जसको उपाध्यक्षहरुमा प्रेम बहादुर बगल्दार मगर, कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा जानका खनाल, महासचिवमा गणेश प्रसाद पौडेल, सचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा ऋषिराम न्यौपाने, प्रवक्तामा सन्जिव बेल्बासे चयन भएका छन् ।
समितिको सदस्यहरुमा शंकर भण्डारी,नारायण प्रसाद पौडेल, तिलक क्षेत्री, शोभाकर पौडेल, शिवलाल पौडेल, बद्री भुसाल, ज्ञान प्रसाद पाण्डे, दुर्गा बिसी, शिव बिसी, हरि बिसी, शोभाखर गैरे र प्रेम बि.क. रहेका छन् । साथै भेलाले नरेन्द्र बेल्बासे, महेन्द्र क्षेत्री र रामचन्द्र पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
शितगंगा युएई संपर्क समितिको प्रमुख संरक्षक चन्द्र सारुमगर रहने बताईएको छ । कार्यक्रमका प्रमुख अथिति समेत रहेका चन्द्र सारु मगरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रोजगारीको शिलशिलामा शितगंगाबाट युएई आएका सम्पुर्ण युवाहरुलाई यो एकतामा जोडिन आग्रह गरेका छन् ।
सारु मगरले एकतामा नै बल पुग्ने भन्दै प्रदेसिएका युवामाथि परेका बिभिन्न समस्याको हल एकताबाटै गर्न सकिने बताए । उनले एक अर्कामा सहयोगको भावना लिएर हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नुको बिकल्प नभएको भन्दै तन, मन, धनलाई गास्न सके जन्मभुमि शितगंगामा सामाजिक क्षेत्रमा बिभिन्न काम गर्न सकिने बताए ।
कार्यक्रम घनश्याम खनालको अध्यक्षता र चन्द्र सारुमगरको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रोजगारीको खोजीमा युएई पुगेका अर्घाखाँची शितगंगाबासीको उल्लेख्निय सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  १० : ४१ बजे