५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

घरेलु मैदानमै आर्सनल पराजित



एजेन्सी ।
आफूले पहिले खेलेको क्लबमा प्रशिक्षकका रुपमा फर्किएका मिकेल आर्तेताका लागि घरेलु मैदानमा भएको खेलमा अति पीडादायी बनेको छ ।
आर्सनलको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेपछिको पहिलो घरेलु मैदानमा भएको खेलमा आर्तेताले हार बेहोर्नु परेको हो । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो । उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षकको जिम्मेवारीमा आएका आर्तेताले यसअघिका अवे मैदानका खेलमा सन्तोषजनक अर्थात बराबरीको नतिजा निकालेका थिए ।
तर घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पियर एमरिकको गोलले सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो । चेल्सीले दुवै गोल अन्तिम समयमा गरेको हो ।
फ्र्यांक लाम्पार्डको टिम चेल्सीका लागि ८३ औँ मिनेटमा जोर्गिन्होले बराबरी गोल गरे त्यसको चार मिनेटपछि ट्यामी अब्राहमले गोल गरे र टिमलाई जित दिलाए ।
जितपछि चौथो स्थानको चेल्सीको २० खेलबाट ३५ अंक भएको छ र उ पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा चार अंकले अघि रहेको छ । पराजत भएको आर्सनल २० खेलबाट २४ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ८ : ४१ बजे