४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय आगजनीबाट ध्वस्त



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउपालिकाको ३ नम्बर वडामा आगजनी भएको छ । यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गयराति आगजनी भएको हो । आगजनीबाट वडा कार्यालय जलेर ध्वस्त भएको जनाइएको छ । गाउँपालिका की उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिनुभयो ।
उता आगजनीबाट  पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा  कार्यालयमा गएराति आगजनी भएको छ । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ११ : ३५ बजे