५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

छोरीले आरती गरेको देख्दा अफ्रिदीले टीभी फोडे



काठमाडौं ।
पाकिस्तानी क्रिकेट खेलाडीहरु कत्तिसम्म कट्टर मुस्लिम हुन् भन्ने कुराको अड्कल काट्नै मुस्किल छ । शोएब अख्तरको टिममा हिन्दू खेलाडीसंग गरिएको भेदभावले नै उनीहरुको व्यवहार छर्लङ्ग हुन्छ ।

यो भेदभावले अहिले तहल्कै मच्चाएको छ । शोएब अख्तरले टेलिभिजन कार्यक्रममा बताएका थिए कि हिन्दू खेलाडी दानिश कनेरियासंग खाना खान पनि मुस्लिम पाकिस्तानीहरु हिच्किचाउँथे ।

त्यस्तै अलराउन्डर शाहिद अफ्रिदी अझै बढी कट्टर देखिएका थिए । उनी यतिसम्मका अतिवादी मुस्लिम थिए कि हिन्दू धर्मको रीतिरिवाजलाई घृणा गर्दथे ।

आफ्नी छोरीले घरमा आरती गरेको देखेर अफ्रिदी रिसले चुर चुर भएका थिए । तब उनले टेलिभिजन फोडेका थिए ।

उनको उक्त भिडियो भाइरल भएको छ । अफ्रिदीले हिन्दू भनेपछि जसलाई पनि हेप्न पछि पर्दैनन् । पाकिस्तानी टेलिभिजन च्यानलकी प्रस्तोताको समेत उनले निन्दा गरेका थिए ।

अफ्रिदीले अन्तर्वार्तामा आरतीलाई मजाक बनाएका थिए । उनले अन्तर्वार्तामा आफ्नी श्रीमतीको कारण टीभी तोडेको बताएका थिए । किनकि उनले भारतीय टीभी च्यानल स्टार प्लसमा आउने शो हेर्थिन् । उक्त शो बच्चाह?ले पनि हेरेकाले उनलाई रिस उठेको थियो ।

त्यही टीभी सिरियल देखेरै अफ्रिदीकी छोरीले थाली लिएर हात घुमाएपछि उनलाई रिस उठेको थियो । तब भित्तामा भएको टीभी अफ्रिदीले फोडेका थिए ।

अफ्रिदीले उक्त अन्तर्वार्तामा टीभी फोडेको बताएपछि कार्यक्रममा सहभागीह? खुशीले ताली पिटेका थिए । तर त्यो पुरानो अन्तर्वार्ताको भिडियो अहिले भाइरल भइरहेको छ ।

अल्पसंख्यकलाई लिएर पाकिस्तानमा कस्तो सोच छ भन्ने अफ्रिदीको यो अन्तर्वार्ताले पनि स्पष्ट पारेको छ ।

भारतले त्यस्ता अल्पसंख्यकलाई नागरिकता दिने बताइहँदा विपक्षी दल कांग्रेसले हंगामा गरेको छ । दुई दर्जनले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने पाकिस्तान, बंगलादेश र अफगानिस्तानका हिन्दू सहितका अल्पसंख्यक धर्मावलम्बीलाई नागरिकता दिने मामिलाबाट पछि नहट्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  १२ : ०४ बजे