२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सुशासन तथा सदाचार कायम गर्न सरोकारवालासंग अन्तरक्रिया



दीपा महत, वाणगंगा ।
सेवा प्रदायक तथा अधिकारवालाहरुसंग सुशासन तथा सदाचार कायम गर्नको लागि अन्तरकृया गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा सुशासन कायम गर्नको लागि विभिन्न विषयमा सोमबार अन्तरकृया गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, वाणगंगा नगरपालिकाको समन्वय र स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा सम्पन्न अन्तरकृयामा सुशासन कायम गरी समृद्ध देश निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमका टेक्निकल एड्भाइजर प्रकास घिमिरेले प्रशिक्षण दिनुभयो थियो । उहाँले सुशासन कायम गर्नको लागि ब्यक्तीको सोच र आचरण सहि हुनुपर्ने बताउनुभयो । परिवर्तनको सुरुवात आफैबाट हुने भन्दै पहिले आफ्नो घरमा सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
सुशासन कायम गर्नका लागि विभिन्न ९ कुराको आवश्यक पर्ने भन्दै सबैले आफु आवद्ध संघ संस्था वा विद्यालयमा ती कुराहरु पुरा भएको छ कि छैन् भनी सोच्नुपर्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै वडा नम्बर १० का वडा अध्यक्ष राम विहारी चौधरीले सिद्धार्थ सामाजिक विकास केन्द्रले राम्रा कार्यक्रम गर्दै आएको भन्दै यसको उदाहरणको रुपमा संवाद केन्द्र र कोचिङ कक्षा रहेको बताउनुभयो । सिड्स कार्यक्रम अन्तरगत संचालित कोचिङ कक्षा निकैप्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
त्यसको लागि वडाले आवश्यक सहयोग गर्ने पनि उहाको भनाई छ । कार्यक्रममा वडा नम्बर १० का वडा सचिव, टोल विकास समितिका पदाधिकारी, संवाद केन्द्रका किशोरी तथा संयोजक, प्रअ लगायत गरी करिव ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन सिद्धार्थ सामाजिक विकास केन्द्रका सामाजिक परिचालक इन्दु परियारले गर्नुभएको हो । कार्यक्रममा सहभागिले सरोकारवालासंग विभिन्न प्रश्नहरु पनि राखेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ८ : २२ बजे