२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पौष २४ गते बाट हुन लागेको सैनामैना महोत्सवको तयारी तिब्र



नरेश चौधरी, सैनामैना ।
रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । “आर्थिक विकासको राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार” भन्ने मुल नाराको साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव सञ्चालन हुँदै छ । यहि पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा महोत्सव संचालन हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको अहिले सम्म ६० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला सफल बनाउनका लागी संस्थाका अध्यक्ष राज बहादुर क्षेत्रीको संयोजकत्वमा ५ सय ५१ मूल आयोजक समिति र ३० सदस्य उपसमिति गठन गरि तयारी थालिएको छ ।
महोत्सवले भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा सैनामैनामा रहेको पर्रोहा बोलबम धाम, मलमला मन्दिर, ऐतिहासिक बौद्धकालिन सैनामैना क्षेत्र लगायतका सांस्कृतिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्न र महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीले बताउनु भएको छ । महोत्सव सफल बनाउनका लागि विभिन्न संघ संस्था, राजनैतिम दल, विद्यालय, सुरक्षा निकाय तथा पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्दे आएको क्षेत्रीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ९ : ३१ बजे