२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

टि २० मा सबैभन्दा बढी लिने खेलाडीको सुचिमा सन्दिप र करण



एजेन्सी ।

सन् २०१९ मा टी २० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका २ खेलाडी समावेश भएका छन् । एक वर्षको अवधिमा धेरै विकेट लिने खेलाडीमा सन्दीप लामिछाने र करण केसी शीर्ष तीनभित्र अटेका हुन् । फ्रेन्चाइज लिगहरुमा व्यस्त रहने सन्दीपले यस वर्ष २८ विकेट लिए लिएका छन् भने करणले पनि २८ विकेट लिएका छन् । नेदरल्याण्ड्सका ब्रेण्डन ग्लोभर पनि समान २८ विकेटका साथ दोस्रो स्थानमा छन् ।

ुक्रिक फोटीू नामक बेवसाइटका अनुसार १६ इनिङ्समा ५९ ओभर बलिङ गर्दा सन्दीपले २८ विकेट पुरा गरेका हुन् जुन १३ दशमलव ७१ को औसतमा ६ दशमलव ५० को इकोनोमी रेटमा बलिङ गरेका पाइएको छ । शीर्ष स्थानमा रहेका सन्दीपको सर्वाधिक सफल बलिङ २० रन खर्चिएर ४ विकेट हो ।

दोस्रो स्थानमा नेदरल्याण्ड्सका ग्लोभरले सन्दीपभन्दा बढी इनिङ्स बलिङ गरेका छन् । उनले १९ इनिङ्समा ६५ ओभर बलिङ गर्दा ६ दशमलव ८९ को इकोनोमी रेटमा बलिङ गरेका थिए । उनको सर्वाधिक सफल बलिङ १२ रन खर्चिएर ४ विकेट हो ।

यस्तै तेस्रो स्थानमा नेपालका अलराउण्डर करण केसी छन् । करणले १९ इनिङ्समा ६५ दशमलव ५ ओभर बलिङ गरेका थिए । ७ दशमलव २३ को इकोनोमी रेटमा बलिङ गरेका करणको सर्वाधिक सफल बलिङ १७ रन खर्चिएर ४ विकेट हो ।

नेपालकै अविनाश बोहोरा १६ विकेटसहित ३५ औँ स्थानमा छन् । १३ विकेटसहित सोमपाल कामी ५३ औँ स्थानमा छन् । ललित राजबंशी १० विकेटसहित ७१ औँ स्थानमा छन् । ६ विकेट लिएका नेपाली टिमका पूर्व कप्तान पारस खड्का १२५ औं तथा ५ विकेटसहित सुशन भारी १२६ औं स्थानमा छन् ।

२–२ विकेट लिएका पवन शर्राफ र वसन्त रेग्मी तालिकाको २१९ औँ र २२० औं स्थानमा छन् । ३१३ जना खेलाडीको सूचीमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विकेटविहीन भए पनि परेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ६ : ३४ बजे