२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

आज विहानै घाम लागेपछि चिसोले निसास्सिएको जनजीवनमा राहत



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज मौसममा सुधार आएको छ । मौसमविदहरुले आज तराइमा चिसो झन् बढ्ने बताए पनि कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा विहानबाट घाम लागेको छ । घाम लागेपछि चिसोले निसास्सिएकोजनजीवनमा राहत मिलेको छ । एक हप्तादेखि घाम नै नदेखिएर हुस्सु र शितलहरले कठ्याङग्रिएका सर्वसाधारण आज विहानैबट घाम लागेपछि तापेर बसेका छन् । घामले बालबालिका, वृद्धवृद्धा र पशुचौपायलाई मुख्य गरी राहत मिलेको छ ।  पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको भए पनि आज साँझसम्म घाम लाग्ने र साँझबाट फेरि चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम बदलीकोे प्रभाव त्यति नपर्ने मौसमविदले बताएका छन् । हाल देशका पश्चिमी क्षेत्रको मौसमसफा रहेको छ । आज दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ ।
हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद पौडेलले बताउनु भएको छ । सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ८ : ०२ बजे