१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुद्धभूमि–४ मा वडा कप प्रतियोगिता सुरु



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ४ मा मंगलबारबाट वडा कप खेलकुद प्रतियोगिता सुरु भएको छ । बुद्धभूमि रंगशाला खेल मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले खेल स्वास्थ जीवनको लागि आवश्यक पर्ने भएकोले नगरले पनि यसलाई महत्व दिएको बताउनुभयो ।
यही पुष २१ गतेबाट मेयर कप सुरु हुने भन्दै उक्त प्रतियोगिता पनि सबैको सहभागिताले सफल हुने बताउनुभयो । उहाँले कुनैपनि प्रतियोगितामा सहभागी हुने खेलाडीलाई मात्र सहभागी नगराई सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउनु पर्ने बताउनुभयो । उहाँले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगितामा खेलाडीलाई मात्र नभई सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउन विद्यालयलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष पवन कुमार थारुले खेलकुदको माध्यमबाट विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गराउने भन्दै वडाले प्रतियोगिता आयोजना गरेको बताउनुभयो । पौष १६ गते सम्म संचालन हुने प्रतियोगिातामा वडा भित्रका ५ विद्यालयका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता अन्गरगत मंगलबार दौड, भलिवल, हाइजम्म, लङ्जम्प लगायतका खेल भएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ७ : ०० बजे