७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित



काठमाडौं ।
प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्व्निर्धा्रित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।
सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ८ : ५९ बजे