८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

नेपाल बर्ष २०२० प्रारम्भ, प्रदेश–५ ले बर्दियाको ठाकुरद्वारबाट सुरु गर्दै



बर्दिया ।
आज पुस १६ गते अर्थात् जनवरी १ तारिख । आज बर्दियाको ठाकुरद्वारमा भ्रमण वर्षको उद्घाटन गरिने भएको छ । प्रदेश नम्बर ५ सरकारले भ्रमण वर्षको उद्घाटन बर्दियाको ठाकुरद्धारबाट गर्न लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाऊँ बर्दिया भन्ने नारासहित आज बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारमा प्रदेश नम्बर ५ को आयोजना एवं बर्दिया जिल्लाको सहकार्यमा भ्रमण बर्षको उद्घाटन गर्न लागिएको हो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमसहित भव्यताका साथ नेपाल भ्रमण वर्ष शुभारम्भ हुने जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष, तथा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक शंकर थारूले बताउनुभयो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश नम्बर ५ का पर्यटनमन्त्री लीला गिरीको अध्यक्षतामा विविध सांस्कृतिक तथा सन्देशमूलक जानकारीसहित नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाऊँ बर्दिया, औपचारिक रूपमा उद्घाटन हुने जनाइएको छ ।
भ्रमण वर्षको उद्घाटनका लागि स्थानीय सरकार, प्रदेश सरकार लगायतले तयारी पूरा भएको जनाएका छन् । यस्तै, पुलm माला बनाउने गेट निर्माण गर्नेदेखि लिएर प्रचार प्रसारको सम्पूर्ण काम समेत सकिएको जनाइएको छ ।
आज बिहान ११ बजे बर्दियाको ठाकुरद्धाराबाट भ्रमण वर्षको उद्धघाटन प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले गर्ने जनाइएको छ । पर्यटन वर्ष नजिकिइरहेका बेला बर्दियाका विभिन्न ठाउँमा पर्यटन वर्षको तयारीका विषयमा पटकपटक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
बर्दिया प्रकृति र संस्कृतिको धनी जिल्ला पनि मानिन्छ । यस्तै, प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन बर्दियाबाट गर्ने तय गरेसँगै बर्दियाको विकासमा भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  ६ : १७ बजे