७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

एककिलो सुनसहित भारतीय नागरिक पक्राउ



काठमाडौं ।
त्रिभुवन विमानस्थलबाट एक किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार फ्लाई दुबईमार्फत काठमाडौं ओर्लिएका कासिब मोहम्मदलाई नियमित चेकजाँचको क्रममा विमानस्थल प्रहरीले हेर्दा बेसारको प्याकेट जस्तो देखिने चारवटा प्याकेटसहित भेटेपछि नियन्त्रणमा लिएको जनाएको छ। परीक्षण गर्दा चारवटै पोकामा रहेको पहेँलो धुलो सुन रहेको पुष्टि भएको हो। कासिबले ल्याएको सुन लिन बुधबार नै दिल्लीबाट मुस्राफिन काठमाडौं आइसकेका थिए। प्रहरीले मुस्राफिनलाई पनि विमानस्थलबाटै पक्राउ गरिसकेको जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ४ : १० बजे