२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

शिवराजमा प्रथम नगर स्तरिय माघी महोत्सव सञ्चालन हुने



राम अवतार चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगर स्तरिय माघी महोत्सव यहि माघ २ गते लाग्ने भएको छ । थारु कल्याणकारी सभा शिवराज नगरपालिको आयोजनमा हुना लागेको महोत्सव ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । थारु समुदायको नयाँ बर्ष २६४४ को अवसर पारेर भव्य पर्वको रुपमा मनाउँदै आएको हुनाले यसलाई व्यवस्थित तरिकाले साँस्कृतिक लक्ष्य पूरा गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको थाकस नगर अध्यक्ष इन्द्रबहादुर थारुले बताए । “थारु संस्कृति संरक्षण, सम्बर्द्धन आउर प्रबर्द्वन कयना हमन अभियान, न्याय, समान्ता आउर पहिचान सहितके सिमा बचयना हमन अभियान“ भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव लगातार ३ दिन सम्म चल्ने सचिव प्रकाश थारुले जानकारी गराए ।
यस्तै महोत्सव सभ्य, भव्य सफल पार्न उप र मुल समिति सहित १०१ सदस्यीय समिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरिएको मुल समितिले जनाएको छ । जसको आर्थिक संयोजकमा राम भरत थारु रहेका छन् भने मिडिया संयोजक राम अवतार चौधरीलाई दिइएको छ । मञ्च व्यवस्थापन संयोजक प्रकाश थारु रहेका छन् भने साँस्कृतिक संयोजक उत्तम सिटी हुन् ।
प्रचार प्रसार संयोजकमा रबिलाल थारु रहेका छन् । अतिथि सत्कार संयोजकमा सन्तोषी थारु रहेकी छन् भने शान्ति सुरक्षा संयोजक अर्जुन थारुले पाएका छन् । त्यसैगरी भान्सा व्यवस्थामा बबिता थारु संयोजक रहेकी छन् भने झाँकी संयोजक राजकुमारी थारु रहेकी छन् । यसैगरी पार्किङको जिम्मा भने द राइजिङ स्टार क्लबलाई दिइएको छ । यसैबीच महोत्सवको आकर्षणका केन्द्र बिन्दुका रूपमा कलाकारहरू गायिका तथा मोडल अञ्जु कुस्मी फूलकुमारी, गायक तथा मोडल राज कुस्मी, आधुनिक, भोपुरी तथा थारु गायक श्रीनिवास चौधरी, एरेन्जर तथा गायक गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक हरि नारायण चौधरी, खेम चौधरी, गायक सरगम चाधरी, गायक सिमान्त चौधरी, गायिका सोनु कुस्मी, मोडल प्रमिला चौधरी, सत्यनारायण फटेरा, मोडल रितु चौधरी, मोडल सुनिता दहित समेतले मनोरञ्जन दिने बताइएको छ ।
त्यसैगरी गायक श्याम सिटी, उत्तम चौधरी, गायक रञ्जित चौधरी, गायक विष्णु थारु, गायिका जया चौधरी, गायक विशाल चौधरी, गायक आर्यन चौधरी, मोडल शारदा चौधरी लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने साँस्कृतिक संयोजक उत्तम थारुले जनाए । माघ महिनामा पर्ने थारु समुदायको माघी पर्वको रौनक अहिले गाउँ देखि शहर सम्म साँस्कृतिक कार्यक्रमले झकमक्का हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ७ : ०० बजे