२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

सांसद अभिषेक प्रताप शाह विरुद्ध पक्राउ पुर्जी



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कपिलबस्तु क्षेत्र नम्बर-३ का सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज ज्यान मार्ने उद्योग अन्तरगत निवेदन दर्ता गरेसँगै पक्राउ पुर्जी जारी भएको हो ।
सांसद शाहले कपिलबस्तुको कृष्णनगर नगरपालिका-३ का श्याम मिश्रालाई झण्डै दुईहप्ता अघि कुटपिट गरेका थिए ।

ज्यानमार्ने उद्देश्यले कुटपीट गरेको भन्दै सांसद शाहविरुद्ध कारबाहीका लागि उजुरी दर्ता हुनुपर्ने मागसहित स्थानीयले आन्दोलन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बिहीबार उजुरी दर्ता गरेसँगै पक्राउ पुर्जीसमेत जारी भएको जनाएको छ ।
सांसद शाहलाई अब पक्राउ गर्ने बाटो खुलेको छ ।

उनले गएको स्थानीय तहको निर्वाचनमा आफ्ना काकाविरुद्ध उम्मेदवारी दिएर हराएको आरोपमा मिश्रालाई कुटपिट गरेका हुन् । मिश्राले उम्मेदवारी दिएपछि सांसद शाहका काका स्थानीय चुनावमा पराजित भएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ७ : ११ बजे