२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

तीन लाख घुससहित सडक डिभिजन कार्यालय सिराहाका निमित्त प्रमुख साह पक्राउ



सिराहा ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहलाई पक्राउ गरेको छ।
रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बरुदिवास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेका हुन्। कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। साहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १९ पुस २०७६ शनिबार ००:००  २ : २५ बजे