३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अमेरिकामा सडक दुर्घटनामा नेपाली नाबालकको मृत्यु



बोस्टन । न्युयोर्कमा मंगलबार भएको एक सडक दुर्घटनामा नेपाली मूलका बालकको मृत्यु भएको छ। स्थानीय समाचार संस्थाहरूका अनुसार पुरूषोतम पन्थीकी श्रीमति तथा छोरालाई फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा छोरा श्रीजलको निधन भएको हो। दश वर्षीय श्रीजलको स्थानीय एम्हर्स्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। छोरालाई स्कूल लैजाँदै गर्दा दुर्घटनामा परेकी ४० वर्षीया श्रीमति मिनाको उपचार चलिरहेको छ। घटना फिप्टीसेभेन एभिन्यूको नाइन्टी सेभेन स्ट्रिटको कोरोनास्थित लेफ्राक सिटि भवनसामुन्ने भएको थियो।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ८ : २८ बजे