१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

घुम्नलाई मनमोहक ठाउँ छ मधुवनधाम (हेर्नुहोस फोटोफिचर)



मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले नेपाल भ्रमण बर्ष २०२० भव्यताका साथ मनाइरहेको छ । देशभित्र झण्डै २० लाख विदेशी पर्यटक भित्त्राउने गरी नेपाल भ्रमण बर्षको औपचारिक शुभारम्भ गरिएको हो । नेपाल प्रकृती सौन्दर्यताले विश्वकै धनि देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दु धर्मालम्वीको महत्वपूर्ण धार्मिक स्थलहरु पशुपति नाथ, जानकी मन्दिर, मुक्तिनाथ बाबा लगायतका विश्वका महत्वपूर्ण धार्मिकस्थल नेपालमा रहेका छन ।
यसैबीच कपिलवस्तु पनि धार्मिक तथा ऐतिहासिक हिसाबले संसारकै महत्वपूर्ण ठाउँ हो । भगवान गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तुस्थित तिलौराकोट बुद्धको घर हो । यति मात्र होइन कक्रुछन्द बुद्ध र कनकमुनी बुद्ध जन्मेकोस्थल पनि यही छ । यति हुँदा हुँदै हिन्दुधर्मसंग सम्बन्धित पौराणिक, ऐतिहासिकस्थलहरु पनि कपिलवस्तुमा थुप्रै छन ।
जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित मधुवनधाम पनि यसै मध्येको एक हो । पूर्व पश्चिम महेन्द्र राजमार्गस्थित वाणगंगाको बोडगाउँ बजारमा झरेर मधुवनधाम जान सकिन्छ । यहाँ ऐतिहासिक, पौराणिकस्थलहरु छन । हेर्नुहोस फोटो फिचर ।

 

प्रकाशित मिति : २४ पुस २०७६ बिहिबार ००:००  १ : १३ बजे