२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

दारुपानीले अशान्ती मच्चायो ‘फ्याक्ट्री’ नै बन्द गरौँः निसार अहमद खाँ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले रक्सीकोे ‘फ्याक्ट्री’ बन्द गर्नुपर्ने धारणा राख्नुभएको छ । जथाभावी रक्सीको विक्री वितरण हुँदा समाजमा अशान्ती मच्चिएको भन्दै गाउँपालिका अध्यक्ष खाँले रक्सीको उत्पादन बन्द गर्नुपर्ने कानुन बनाउनुपर्ने बताउनुभयो । गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले सोमबार तौलिहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले रक्सीले घर, परिवार र समाजलाई नराम्रोसंग असर पारेको बताउनुभयो । ‘रक्सीले पिउनेलाई मात्र समस्या पारेको छैन । यसले श्रीमती, बालबच्चा, समाजलाई पनि नराम्रोसंग असर पारेको छ । यसको नियन्त्रण गर्न सकेनौ भने भयावह स्थिती ल्याउने डर छ । गाउँपालिकाबाट मैले रक्सीको विक्री वितरण नियन्त्रणका लागि अभियान चलाएको छु उहाँले भन्नुभयो’–“ छिमेकी देशमा खुलेयाम रक्सी पाइदा अभियान सफल हुन सकेको छैन ।” आफ्नो एक्लो प्रयासले रक्सीको विक्रि वितरण नियन्त्रण हुन नसक्ने भन्दै प्रशासनको सहयोग चाहिने बताउनुभयो । शुद्धोधन गाउँपालिकाले राती ८ बजेसम्म मात्र रक्सी वितरण गर्ने नियम बनाएको बताउनुभयो । अब रक्सी वितरण गर्ने र प्रयोग गर्नेहरुलाई ‘लाइसेन्स’ बाड्ने उहाँले उद्घोष गर्नुभयो ।
लागु औषधगको प्रयोग भयावह भएकोले यसलाई नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्नेमा अध्यक्ष खाँको जोड छ । लागु औषधको रुपमा स्पास्मो, कोकिनजस्ता औषधिहरु पाकिस्तान, अफगानिस्तान, भारतबाट आउने गरेको भन्दै यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । लागु औषध विक्रि वितरण गर्न नेपालमा पाइदैन । यसलाई नियन्त्रण गर्न गाह्रै छैन । तर, खुला सिमाको कारण अलि अप्ठ्यारो छ । यस विषयमा भारत सरकारसंग कुराकानी गर्नुपर्छ उहाँले भन्नुभयो । फरक प्रसंगमा बोल्दै उहाँले जहाँ प्रहरी, त्यहाँ चोरी हुने गरेको भन्दै यसको लागि प्रहरी किन जिम्मेवार बन्दैनन भन्दै प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २८ पुस २०७६ सोमबार ००:००  ५ : ०४ बजे