२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रक्सी बेच्न ‘टेण्डर’ निकालौंः गोपाल थापा



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले रक्सी बेच्न टेण्डर सिष्टमबाट दिनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले सोमबार तौलिहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले रक्सी तत्काल बन्द गर्न सम्भव नहुने भन्दै यसलाई व्यवस्थित बनाउनका लागि टेण्डर खुलाउनुपर्ने बताउनुभयो ।
‘रक्सी तत्काल बन्द होला जस्तो मलाई लाग्दैन । यो कुरा तत्काल सम्भव पनि छैन् उहाँले भन्नुभयो’–“हामीले चायौं भने टेण्डरबाट रक्सीको विक्रि वितरण गर्ने नियम बनाउन सक्छौ ।” भारतमा टेण्डरबाट रक्सी बेच्न पाइने नियम रहेको उहाँले बताउनुभयो । जथाभावी रक्सी वितरण गर्दा समाजमा मद्यपान र लागु औषध सम्बन्धि थुप्रै कार्यक्रम भएपनि प्रभावकारी हुन नसकेको उहाँको भनाई छ । बर्षौ देखि मद्यपान र लागु औषधको प्रयोगलाई नियन्त्रण गर्नका लागि अन्तरक्रिया, गोष्ठि, तालिम त सञ्चालन गरिरहेका छौ तर नियन्त्रण गर्न सकेका छैनौ । प्रयोग गरे के हुन्छ भन्ने सबैलाई थाहा पनि छ । प्रयोग हुन छाडेको छैन ।
पछिल्लो समय लागु औषध दुव्र्यसनीले गर्दा कयौं युवाहरुको भविष्य अन्धकार बनिररहेको उहाँले बताउनुभयो । लागु औषध नियन्त्रण आफुबाट सुरु गर्नुपर्नेमा उहाँले जोड थियो । हामीले छोराछोरीलाई सूर्ती, रक्सी लिन सहजै पठाउँछौ । मनोरञ्जन, इज्जत, सम्मान र टेन्सन हटाउनका लागि धुम्रपान, मद्यपान मज्जाले प्रयोग गछौं । यसैको सिको गर्दा गर्दै मानिस लागुऔषधसम्मको प्रयोग गर्ने स्थितीसम्म पुग्छ । अब सबै सचेत बन्नुपर्छ, अध्यक्ष थापाले भन्नुभयो ।

प्रकाशित मिति : २८ पुस २०७६ सोमबार ००:००  ५ : २५ बजे