२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

लागु औषधको प्रयोगले युवा लठ्ठिन थाले, नियन्त्रणको उपाय खोजौंः नेत्रराज अधिकारी



मायादेवी अनलाइन, तौलिहवा ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले लागु औषध नियन्त्रणको उपाय सबैले खोज्नुपर्ने बताउनुभएको छ । सरकारको एक्लो प्रयासले मात्र यसको समाधान हुन नसक्ने भन्दै हरेक व्यक्ति, परिवार र समाज आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । अझ बढी विद्यालयका शिक्षकको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले सोमबार तौलिहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शिवराजले लागुऔषध सेवन रोक्नका लागि विभिन्न सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
गोर्खालीको नामले चिनिने नेपाली युवाहरु आगु औषधले गर्दा लठ्ठिन थालेको देख्दा आफु दुखित हुन थालेको उहाँले बताउनुभयो । लागुऔषध प्रयोगले स्वास्थ्यमा गम्भिर असर पार्ने भएकोले यसको नियन्त्रण तत्काल गर्नुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०७६ सोमबार ००:००  ६ : २४ बजे