२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

सरोकारवाला भन्छन्, ‘लागु औषध सेवन गर्नेभन्दा बेच्ने खतरनाक’



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका मुख्य सरोकारवालाहरुले लागु औषध दुव्र्यसनीको प्रयोग गर्नेभन्दा बेच्ने खतरनाक भएको औल्याएका छन ।
गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले सोमबार तौलिहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्य सरोकारवालाहरुले लागु औषधको प्रयोग दिनप्रतिदिन बढीरहेको भन्दै यसले गम्भिर रुप लिन सक्ने अथ्र्याएका छन । लागु औषध कारोबारीहरु रातारात लखपति बन्ने गरेपनि प्रयोगकर्ताहरुले परिवार, समाज र सिंगो राष्ट्रलाई गम्भिर धक्का दिने भन्दै यसमा सबै सचेत बन्नुपर्नेमा जोड दिएका छन ।
कपिलवस्तुका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, गृहमन्त्रालयका उच्च तहका कर्मचारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, अन्य सरकारी कार्यालयका प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी लगायतको उपस्थितीमा भएको लागु औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त कुरा औल्याइएको हो । लागु औषधको बेचविखन र प्रयोग गर्न कानुनी रुपमा अवैधानिक भएपनि कारोबारी गर्नेहरु बढिरहेको भन्दै उनीहरुबाट मुख्य खतरा रहेको औल्याइएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित स्थानीय सरकारका प्रमुखहरुले लागु औषध नियन्त्रणका लागि आ–आफ्नो तहबाट कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ६ : २७ बजे