२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

१ सय ९२ सुत्केरीलाई उपमेयरको कोसेली



प्युठान ।
जिल्लाको स्वर्गद्धारी नगरपालिकाले एक सय ९२ जना सुत्केरी महिलालाई कोसेली सामाग्री वितरण गरेको छ ।
‘उपमेयरसँग कोसेली’ कार्यक्रम’मार्फत नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर कोसेली वितरण गरिएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई झोला संगै हाईजनिक किटर, सेनेटरी प्याड, नेलकटर, तुथपेष्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डेटोल साबुन, डेटोल झोल गरि ९ प्रकारका सामाग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।
नगरपालिकाको कोचिवाङ, स्वर्गद्धारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाइ दुई हजार ५ सय बराबरको कोसेली बाँडिएको उहाँले जानकारी दिनुभयो । मंसिरसम्म स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलालाई कोसेली वितरण गरिएको बताउदै उहाँले भन्नुभयो’ आउँदो असारसम्म अझै तीन सय महिलालाई कोसेली दिने लक्ष छ ।’ पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले बताएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ६ : २२ बजे