५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनचाँदीको भाउ फेरि बढ्यो



काठमाण्डौ ।
सुनचाँदीको भाउ आज बिहीबार फेरि बढेको छ ।

सुनको भाउ आज बिहीबार तोलामा २ सय रुपैयाँ बढेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  २ : ०५ बजे